पहिराेमा पुरी एक महिलाको ज्यान गयाे

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार १८:३४

राेल्पा ।   राेल्पामा भारी बर्षाको कारण गएको पहिरोमा पुरी एक महिलाको मृत्यु भएकाो छ ।

शनिबार दिउँसो ४ बजे देखि करिब आधाघण्टा परेको भारी बर्षाका कारण लुङ्ग्री गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालय नजिकै कुलेसो काट्दै गरेकी किलाचाैरकी ५०  बर्षीया गौमाला राेक्काको  मृत्यु भएको  स्थानीय शरद रिजालले जानकारी दिए ।

नयाँ सडक खनिइको कारण पहिराेकाे गएर गाउँपालिकामा समेत क्षती भएकाे रिजालले जानकारी गराए ।

गाउँपालिकाको भुइ तलाको दुइवटा सटर पुरिएको छ ।

तश्विर शरद रिजाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*