बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदीको नाम सिफारिस

निरन्तर न्यूज
२४ माघ २०८१, बिहीबार १०:२८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदीको नाम सिफारिस गरिएको छ। बुधबार प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आधारमा सुवेदीलाई कार्यकारी निर्देशकको पदमा बढुवा गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो।

सुवेदीसँगै प्राधिकरणका निर्देशकहरू कमल प्रसाद रेग्मी र पूजन ढुंगेल पनि प्रतिस्पर्धामा रहेका थिए। गत वर्षको जेठ १२ गते कार्यकारी निर्देशक राजु रमण पौडेलको अनिवार्य अवकाशपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

यसअघि प्राधिकरण सञ्चालक समितिको सचिव र प्रवक्ताको जिम्मेवारीमा रहेका थिए सुवेदी प्राधिकरणका कामकाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*