मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाममा केरमेट गर्नेलाई ५ दिनको म्याद थप

निरन्तर न्यूज
५ बैशाख २०८२, शुक्रबार ०९:५८

हेटौंडा । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल भवनको मुल बाेर्डमा रहेकाे प्रतिष्ठानकाे  नाम छाेपी केरमेट गरेकाे आराेपमा ६ जनालाई हिरासतमा लिइएकाे छ ।

उक्त घटनामा संलग्न रहेकाे आराेपमा हेटौँडाका सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि बिहीबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान थालेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

पक्राउ परेका ६ जनानै बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका थिए।

घटना लगत्तै प्रतिष्ठानले विज्ञप्ति जारी गरि घटनामा संलग्नलाई कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराए पश्चात मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संलग्नलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेकि थिइन् ।

उनीहरूलाई प्रहरीले पक्रन सकेको थिएन्।  पक्राउ परेकाहरुले आफुहरुलाई छलफलका लागि भनेर बाेलाइ हिरासतमा लिएकाे बताएका छन् ।

पक्राउ परेकालाई रिहाइकाे माग गर्दै बिहीबार साँझ विभिन्न दल निकट युवाहरूले जिप्रका अगाडी केही समय चक्काजाम समेत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*