हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिम

निरन्तर न्यूज
२३ बैशाख २०८२, मंगलवार ०९:५९

हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ।

हेटौँडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा भएको ३० दिने विशेष सिलाइ( एड्भान्स बुटिक), ढाका कपडा बुनाइ र औद्योगिक विद्युत् जडान तालिमको सोमबार बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले उदघाटन गरेका हुन्।

तालिम उदघाटन गर्दै श्रेष्ठले विभिन्न वडामा यस्ता जनशक्ति तयार पार्न तालिमहरु दिइएको र प्रदेश सरकारले जनतालाई प्राविधिक रुपमा दक्ष बनाउने काम गरिरहेको बताएका छन्।

हेटौँडा गार्मेन्ट उद्यमी समूहका अध्यक्ष मेनका श्रेष्ठको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश उद्योग, वाणज्य,भुमी तथा प्रसासन मन्त्रालय हेटौँडाका अधिकृत महेशराज पौडेल, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए। तालिममा ५५ जना भन्दा बढी सहभागी रहेको तालिम संयोजक मेनका श्रेष्ठले जानकारी दिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*