माेबाइल चार्जरमा लुकाएर खैराे हिराेइन ओसार्ने २ जना पक्राउ

निरन्तर न्यूज
४ जेष्ठ २०८२, शनिबार ०७:२०

हेटाैँडा । माेबाइल चार्जरमा लुकाएर खैराे हिराेइन ओसार्ने २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे छ ।

मकवानपुरकाे हेटौडा १५ रातोमाटेमा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको म १ प २१८ नं. को पर्यटक बसमा सवार भई आएका बिरगंज ५ पर्सा बस्ने बर्ष २० को करण राय र साेही ठाउँ बस्ने वर्ष २९ को उपेन्द्र रायभरलाई पक्राउ गरिएकाे हाे ।

उनीहरुलाई उक्त बसबाट ओराली चेक गर्न क्रममा रायले बोकेको झोला भित्र रहेको भिभाेकाे मोवाईल चार्जर भित्र लुकाई ल्याएकाे  १८ ग्राम १५० मिलिग्राम लागुऔषध बरामद खैरो हेरोईन बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ गरिएका दुवैजनालाई  जिल्ला अदालत मकवानपुरबाट दिन ५ म्याद थप गरि अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु