वाइसिएलकाे १८ नम्बर वडा सम्मेलन सम्पन्न

निरन्तर न्यूज
५ जेष्ठ २०८२, आईतवार ११:५४

हेटौडा ।  माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) मकवानपुरको हेटाैँडा उपमहानगरपालिका १८ नम्वर वडा सम्मेलन हर्नामाडीमा सम्पन्न भएकाे छ ।

सम्मेलनले समिर विश्वकर्माको अध्यक्षतामा, सुजन घलान सचिव र रेष्मा थापा कोषाध्यक्षसहित ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ।

सम्मेलनसँगै भएकाे पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज विजय गौतम, प्रह्लाद लामिछाने, माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, प्रदेश सचिवालय सदस्य सर्केस घलान, प्रदेश सचिबालय सदस्य एबम जिल्ला संयोजक भीम पाख्रीन, जिल्ला सचिव वीर बा घलान  प्रदेश सदस्य जीवन गोले, विवेक राई, सीता पुलामी, लक्ष्मी माझी, वाईसियल जिल्ला अध्यक्ष मुक्ती लामालगायतकाे आतिथ्यता रहेको थियो।

मनिष बिस्वकर्माको सभाध्यक्षतामा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए। नव प्रवेशीलाई माओवादी नेताहरुले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु