बेलीब्रिज जडान गर्न कान्तिलोकपथ ४ दिन बन्द हुने

निरन्तर न्यूज
२१ जेष्ठ २०८२, मंगलवार १२:००

हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ ४ दिन बन्द रहने भएको छ।

कान्तिलोकपथ अन्तर्गत मकवानपुरको र ललितपुरको सिमाना रहेको बगुवा (बागमती) नदीमा बेलिब्रिज जडान गर्नुपर्ने भएकोले जेठ २१ गते बुधबारबाट जेठ २४ गते सम्म ४ दिनकाे लागि सडक पूर्णरुपमा अवरुद्ध रहने जनाइएको छ।

लोकपथ अवरुद्ध हुने बारे जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक विज्ञप्ति प्रकाशित गर्दे जानकारी दिएकाे ।

२०८१ असोज १२ गतेको बाढीले उक्त पुलकाे मकवानपुरको भिमफेदी ८ तर्फको एउटा स्पान बगाएको थियो। स्पान बगाएपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु