मकवानपुर ट्राफिकद्वारा सवारी दुर्घटना न्यूनीकरण गर्न छलफल

निरन्तर न्यूज
२९ जेष्ठ २०८२, बुधबार ०७:४८

हेटौंडा । मकवानपुरमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण सचेतना भिबृद्धी सम्वन्धी छलफल तथा प्रतिबद्धता कार्यक्रम आज हेटौंडामा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा आज बिभीन्न सरोकारवाला पक्षहरुलाई राखेर यो कायृक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक अरुण पौडेलले उद्घाटन् गरे । कार्यक्रममा सहभागि यातायात व्यासायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिहरुले दूर्घटना न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।

यसैगरी कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइट सम्वन्धी छलफल र अन्तरक्रिया पनि भएको छ । अब मकवानपुरमा र बागमती प्रदेशमा समेत चन्ले यातायातका साधनहरुले झल्लर हटाउनुपर्ने छ । भने प्रेसर हर्न र फोकस लाइट प्रयोग गर्न पाइने छैन ।

कार्यक्रममा प्रहरी बरिष्ठ उपरिक्षक प्रभु प्रसाद ढकाल, प्रहरी उपरिक्षकहरु नरेशराज सुवेदी, विश्वराज खड्का, मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुँयाल नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, समाजसेवी शिद्धीलाल श्रेष्ठ, नारायणी यातायात व्यावसायीसंघका महासचिब सरोज खनाल, नारायणी यातायात व्यावसायी कम्पनिका निर्देशक माधब अधिकारीलगायतकाले दूर्घटना न्यूनीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*