मधेसका सांसद सिंह भ्रष्टाचार अभियोगमा काठमाण्डाैँमा पक्राउ

निरन्तर न्यूज
३० जेष्ठ २०८२, बिहीबार २०:३३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँबाट खटिएको टोलीले मधेस प्रदेश सभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ।

विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा जम्मा भएको सरकारी रकम आफ्नो निजी सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई आफ्नो, श्रीमती र सचिवको खातामा जम्मा गरेको अभियोगमा आयोगले सिंहलाई पक्राउ गरेको हो।

आयोगका अनुसार, सिंहले सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा अनुसन्धान थालिएको थियो। महोत्तरी, मनराशिसवा नगरपालिका वडा नं. ६, सरपल्लो स्थायी घर भई हाल धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ९ मा बस्ने ४४ वर्षीय सिंहलाई मिति बुधवार साँझ १८:०३ बजे काठमाडौँ महानगरपालिका वडा नं. १०, रत्नराज्य स्कुल नजिकबाट नियन्त्रणमा लिइएको हो।

सिंह महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य हुन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*