नसर्ने रोग विरुद्ध जनचेतना फैलाउँदै जनस्वास्थ्य मकवानपुर

निरन्तर न्यूज
३२ जेष्ठ २०८२, शनिबार २२:१८

हेटौँडा । “स्वास्थ्य जीवनको आधार, साइकल यात्रा बारम्बार” भन्ने मुल नाराका साथ बागमती प्रदेशको राजधानी हेटौँडामा शनिवार नसर्ने रोग विरुद्ध वृहत साइकल र्याली गरिएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना एवम् हिमालयन राईडर्स सोसाइटी हेटौँडा मकवानपुरको सहकार्यमा साइकल र्याली गरिएको हो । हेटौँडा–४, हुप्रचौरबाट सुरु भएको साइकल र्याली कपुरकप्लेक्स, बुद्धचोक, कान्तिराजपथ, न्यूरेनी, नागस्वती, कमाने, भैरवरोड हुँदै हुप्रा चौरमा आएर समापन भएको थियो ।

साइकल र्याली पश्चात दुईसय बढी साइकल यात्रीको सुगर, प्रेसर लगायत नसर्ने रोगको परीक्षण समेत गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, स्वास्थ्यकर्मी, साइकलप्रेमी लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु