बागमती प्रदेश सभा र सन्चारकर्मी बीच अन्तरक्रिया

मार्खु । मकवानपुरका सन्चारकर्मी र बागमती प्रदेश सभा सचिवालय बीच पत्रकारिता, यसका प्रभाव, बदलिँदो स्वरूप र सामाजिक सञ्जालको प्रयाेगबारे अन्तरक्रिया गरिएकाे छ ।
बागमती प्रदेश सभा सचिवालयले मकवानपुरको पर्यटकीय क्षेत्र मार्खुमा आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भुवनकुमार पाठकले देश संघीयतामा गएसँगै सञ्चारका अनेकन चुनौतीहरू पनि थपिएको बताए । पत्रकारिता केवल समाचार लेख्ने माध्यम मात्र नभई यसले संसददेखि सरकार हुँदै नागरिकका आवाज र समृद्धि जाेड्ने पुल भएकाे सभामुख पाठकले बताए ।
उपसभामुख अप्सरा चापागाईंले सञ्चारकर्मीहरूलाई बागमती प्रदेशले तराई, पहाड र हिमाललाई समेटेकोले गर्दा यो प्रदेशमा सबै अभ्यास र प्रयोग सिक्न सकिने बताइन् ।
कार्यक्रमले प्रदेश सरकार र सञ्चारकर्मीबीच संवाद, अन्तरक्रिया र सहकार्यको वातावरण निर्माण गर्ने आयाेजककाे अपेक्षा रहेकाे छ ।
कार्यक्रममा प्रदेश सभा सचिव रामकुमार पौडेल, पूर्ण बहादुर दर्जी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, उपाध्यक्ष हरिप्रसाद हुमागाईं, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीलगायत मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।