चितवन दुर्घटना : यी हुन् सात मृतक र २४ घाइते (नामावलीसहित)
काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किँदा गर्भवतीसहित ज्यान गुमाउने सात जना र २४ घाइतेको पहिचान भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो बस र इभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु हो। त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो।
घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन्। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ।
मृतकको नाम
१. मकवानपुर हटियाका ५५ वर्षीय सोमप्रसाद रुपाखेती
२. मकवानपुर हेटौँडा ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी
३. रौतहटको चन्द्रपुर ६ बस्ने ३१ वर्षकी सीताकुमारी चौधरी
४. सोमप्रसादका सालो विश्वमित्र आचर्य
५. इभी चालक मकवानपुर हेटौँडाका ३१ वर्षका राजु थिङ
६. मकवानपुरकी गर्भवती महिला २७ वर्षकी रेनुका कँडेल
७. परिचय नखुलेकी अनुमानित वर्ष २४–२५ की महिला
घाइतेहरू
१. मकवानपुर हेटौँडा उमनपा १३ बस्ने वर्ष १६ का सक्षम थापा
२. मकवानपुर हेटौँडा उमनपा १२ बस्ने वर्ष ३२ का सिंहवीर घलान
३. मकवानपुर हेटौँडा उमनपा ४ बस्ने वर्ष ३१ का विष्णु लम्साल
४. मकवानपुर हेटौँडा उमनपा ८ बस्ने वर्ष ३४ की गंगा घलान (गम्भीर)
५. झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल
६. झापा गौरा दह नपा ९ बस्ने बस्ने वर्ष अं ६७ की उमा बराल
७. कञ्चनपुर बेलौरी नपा ४ बस्ने वर्ष ४८ का वीरबहादुर जैसी
८. रुकुम पश्चिम आठबिस्कोट नपा ९ बस्ने वर्ष ३० का सन्देश ओली
९. अछामको साफे बगर नपा १० बस्ने वर्ष ३२ को अर्जुनबहादुर राउत
१०. कैलालीको लम्किचुवा नपा ८ बस्ने ४५ वर्षीय जम बुढा
११. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ७० की चन्द्रकुमारी थापा
१२. झापा गौरादह नगरपालिका ६ बस्ने वर्ष ७० की टिका न्यौपाने
१३. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ६९ का जमबहादुर थापा
१४. कैलाली गोरीगंगा नपा ११ बस्ने वर्ष ३२ का सुरेश बोगटी
१५. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ३७ का लोकेन्द्र बुढा
१६. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ४८ का बलसिंह बुढा
१७. रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को बुलटन साह कानु
१८. मकवानपुर बकैया गापा ४ बस्ने वर्ष २६ की अनिसा घिमिरे
१९. कालिकोट पलाता गापा ४ बस्ने वर्ष ५३ का रत्न बुढा
२०. झापा दमक नगरपालिका ८ बस्ने वर्ष ८३ की लक्षी पौडेल
२१. झापा मेची नपा १५ बस्ने वर्ष २३ का प्रवेश सौरेन
२२. सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ का श्रीचन्द्र राय
२३. कैलाली गोदावरी नपा ४ बस्ने वर्ष ३४ का महेश चौधरी
२४. मोरङको बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन चौधरी










