हेटौंडा उपमहानगरले तेस्रो सन्तान जन्माउनेलाई प्रोत्साहन गने

निरन्तर न्यूज
११ असार २०८२, बुधबार १५:०२

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आफ्नो आगामी नीति तथा कार्यक्रमको हिस्सा स्वरुप तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ।

केही वर्ष अघि ‘दुई सन्तान इश्वरको वरदान’ भन्ने नारा अपनाउने हेटौंडा उपमहानगरले अब आगामी आर्थिक वर्ष २०८२/८३ बाट तेस्रो सन्तान जन्मलाई प्रोत्साहित गर्न विशेष कोष स्थापना गर्ने र त्यसका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

उपमहानगरका प्रमुख मीनाकुमारी लामाले नगरसभामा पेस गरेको उक्त नीति कार्यक्रमको अनुसार, तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने उद्देश्यले एक कोष खडा गरिने र यसमा आधारित योजनाहरू कार्यान्वयन गरिने जानकारी दिइएको छ।

यसका साथै, हेटौंडा अस्पतालमा निर्माणाधीन एकसय बेडको बाल र प्रसुती कक्षको अधुरो निर्माण कार्यलाई आगामी वर्ष सम्पन्न गरी नवजात शिशुको उपचारका लागि आवश्यक एनआईसीयू (नियोनेटल इंटेन्सिव केयर यूनिट) र पीआईसीयू (पेडियाट्रिक इंटेन्सिव केयर यूनिट) सेवा सञ्चालन गरिने छ। यसले हेटौंडामा नवजात शिशुको उपचारका लागि चितवन धाउनुपर्ने बाध्यता हटाउने विश्वास व्यक्त गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*