लामिडाँडा–सिमभञ्ज्याङ सडक खण्ड २ दिन बन्द हुने

निरन्तर न्यूज
१२ असार २०८२, बिहीबार १०:३०

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ सडक खण्ड २ दिन दिउँसो ४ घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडक खण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युमपाइप बिछ्याउने कार्य गर्न लागिएकाले आउँदो शुक्रवार र शनिवार २ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी चलाउन रोक लगाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज निकालेको सूचनामा २ दिन दैनिक ४ घण्टा राजपथ बन्द गरिने उल्लेख छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*