बोर्ड बैठक बसेर एसईई नतिजा प्रकाशनको तयारी (नतिजा हेर्ने तरीकासहित)

निरन्तर न्यूज
१३ असार २०८२, शुक्रबार ०९:५३

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले बताए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’ सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताएका छन् ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । यो वर्ष शिक्षकहरुको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो । पछि सरकारले आन्दोलनरत शिक्षकहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि परीक्षण सुरु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*