मकवानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु
हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना स्थानीय पुरुषको ज्यान गएको छ ।शनिबार बिहान मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ९ बेतिनीमा, बेतिनी स्वास्थ्य चौकिमा कार्यरत कार्यलय सहयोगी बारा निजगढ ३ सिंगोल बस्ने अन्दाजी ३५ वर्षीय कुमार थापाको धारिलो हतियार खुर्पाले प्रहारबाट स्थानीय ५७ वर्षीय राम बहादुर वाईवाको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
थापाको खुर्पा प्रहारबाट गम्भीर घाइते भएका वाइवाको उपचारको क्रममा बेतिनी स्वास्थ्यचौकीमा ज्यान गएको जनाइएको छ ।घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय फापरवारीबाट प्रहरी निरीक्षक पावल सिंह लामाको कमाण्डमा गएको टोलीले थापालाई खुर्पा सहित नियन्त्रणमा लिएको थियो।घटनाको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।










