हेटौंडामा कोइला बोकेको लहरी ट्रक पल्टिदा चालकको मृत्यु
हेटौंडा। हेटौंडामा भारतीय नम्बरको लहरी ट्रक पल्टिदा चालकको ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चार्जिङ स्टेसन मोडमा मंगलबार बिहान रिद्दिसिदी सिमेन्ट फ्याक्ट्रीको लागी कोइला बोकेको यूपी ६१ ए टी ०९६२ नम्बरको लहरी ट्रक ब्रेकफेल भइ बाटोको दाहिने किनारमा पल्टिदा चालकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।दुर्घटनामा चालक भारत गाजिपुर जिल्ला पुरैनिया बस्ने अन्दाजी ४०/४५ वर्षीय महेन्द्र यादवको ज्यान गएको हो।
घटनाको जानकारी पाए लगतै पुगेको प्रहरी टोलीले गाडिभित्र च्यापिएको अवस्थामा चालकको उद्धार गरी उपचारको लागी हेटौडा अस्पताल पठाएको थियो। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ । त्यसैगरी लहरीका सहचालक देश भारत जिल्ला गाजिपुर बस्ने अन्दाजी २५/२६ वर्षीय मनोज यादब घाइते भएका छन्।उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले टनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।










