मकवानपुरको सिडिओद्वारा परिसर र कार्यकक्षमा फोटो भिडियो खिच्न रोक

निरन्तर न्यूज
१९ असार २०८२, बिहीबार ११:४५

हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र प्रशासन प्रमुखको कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी छन्।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यो निर्णय गरेकी हुन्। उनले सूचनानै टास गरी अनुमति बिना फोटो, भिडियो खिच्न मनाही छ भनेकी हुन्। सो प्रतिबन्धको पर्चा कार्यालयको भित्तामा टास गरेकी छिन्।

यो नियम पत्रकारलाई समेत रहेको स्पष्ट पारेकी छिन्। पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अनुमति बिना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको जवाफ दिएकी हुन ।
उनले भिडियो र फोटो खिच्दा कार्यालयको सेवा प्रवाहमा समस्या आउन सक्ने भएकोले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’ प्रजिअ श्रेष्ठले पत्रकारको टोलीलाई स्पष्ट पारेकी छिन्।गत असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएकी थिइन् । सो विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत फोटो भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै विरोध जनाएको थियो । महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो भिडियो खिच्न रोक लगाएको विषयमा खेद प्रकट गर्ने निर्णय गरेको थियो ।

प्रजिअ श्रेष्ठ हेटौंडा १६ निवासी हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*