हेटाैँडामा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापककाे मृत्यु

निरन्तर न्यूज
२० असार २०८२, शुक्रबार १०:१७

हेटौँडा । हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार राती  दुर्३ परी राक्सिराङ गाउँपालिका-९, अठारेस्थित कालिका माविका‌ प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्यु भएको छ।

बिहीबार राती ११ बजेर २० मिनेटको समयमा ४५ वर्षीय झाले चलाएको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल हेटौँडा बजारको बुद्धचोकबाट राप्तीरोड हुँदै थानाभर्याङतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

केही समय अघि परेकाे पानीले हेटाैँडा १० काे वसपार्क र त्यसका आसपासकाे क्षेत्रमा पानी जमेकाे कारण उक्त पानीलाई राप्तीखाेला तर्फ लैजानकाे लागि बाटाे भत्काइएकाे थियाे । उक्त ठाउँ अझैपनि मर्मत हुन सकेकाे छैन । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-४ घर भएका प्रअ झा लामो समयदेखि हेटौँडा बसोबास गर्दै आएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*