पत्रकार दिलभुषणलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
हेटौंडा । काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
कांग्रेस सभापित शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै पठाकले युट्युवमा भिडियो सामग्री बनाएका थिए।
गैरकानुनी सामग्री प्रकाशन गरेको भन्दै जयवीरले पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दर्ता गराएका थिए। तर साइबर व्यूरोले जयवीरको नाम भने गोप्य राखेको छ ।












