मकवानपुरकाे राप्ती खोलामा आएकाे भेलले बगाउँदा एक जनाको मृत्यु
हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलामा नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको मृत्यु भएको छ।
शनिबार दिउँसो मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ स्थित टौवासमा नुहाउन खोलामा पसेका विरगंज महानगरपालिका वडा नम्बर ५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
शनिबार साथीहरुसंग नुहाउन खोलामा पसेका शर्मालाई एक्कासी खोलामा आएको भेलले बगाउदा ज्यान गएको जनाइएको छ ।शर्माको शव घटनास्थल भन्दा ४०० मिटर तल फेला परेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता अर्यालले जनाएका छन् ।










