दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु

निरन्तर न्यूज
२९ असार २०८२, आईतवार ११:५९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवा नजिकै पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मनहरीबाट हेटौंडातर्फ गइरहेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

दुर्घटनापछि दुवै सवारीमा सवार व्यक्तिहरूलाई उपचारका लागि तत्कालै नजिकैको मनहरी अस्पतालमा पठाइएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका विशाल प्रजाको गते राति भरतपुरस्थित पुरानो मेडिकल कलेजमा निधन भएको चिकित्सकले पुष्टि गरेका छन्। हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*