मकवानपुरकाे कुलेखानी मुनि सिमखोलामा बेलिब्रिज

निरन्तर न्यूज
४ श्रावण २०८२, शनिबार ११:४९

हेटाैँडा । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त मकवानपुरकाे कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान सुरु गरिएको छ ।

बेलिब्रिज ज डान गर्न एक साता लाग्ने र पुल भएर सवारीसाधन सञ्चालनमा आउन बढीमा दुई साता लाग्ने यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहले बताए । ‘ आइतबार बिहानदेखि दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको छ,’ उनले भने ।

पुलको दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो । सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे-भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको छ ।

सिमखोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले २ वटा बेलिब्रिज झिकेर यहाँ ल्याएको पूर्वाधार निर्देशनालयका प्रमुख सिंहले बताए । साउनको पहिलो साता नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

बेलिब्रिज राख्न,पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको छ ।

भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*