कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १७ विद्यार्थीको परीक्षा भने रद्द भएको छ ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।
त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो ।










