मकवानपुरकाे बकैयामा ट्याक्टरले किचेर एकजनाकाे मृत्यु

निरन्तर न्यूज
१५ भाद्र २०८२, आईतवार १८:०६

हेटाैँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६, खोपिल्टो गाउँमा शनिवार ट्याक्टरले किचेर घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।

ट्याक्टर चालक बारा निजगढ नगरपालिका १२ रामथली बस्ने ३३ वर्षीय बुद्धिलाल थिङको सोही ट्याक्टरले किचेर घटनास्थलमानै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।

बकैया–६ बस्ने राम बहादुर ब्लोनको खेत जोत्ने क्रममा ना.६ त ८९९९ नं को ट्याक्टर खेतको कान्लाबाट पल्टिन गई दुर्घटना भएको थियो । मुचुल्का पश्चात् थिङको शव सरकारी अस्पताल चन्द्रनिगाहापुर रौतहटमा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*