माइतीघरमा मिटरब्याज पीडितहरुको प्रदर्शन

निरन्तर न्यूज
१५ भाद्र २०८२, आईतवार १८:०८

काठमाडौं । मिटरब्याजको मारमा परेका पीडितहरूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका पीडितहरूले सरकारसँग न्याय र राहतको माग गर्दै सडकमा आवाज उठाएका हुन् ।

उनीहरूले सरकार, प्रशासन र राजनीतिक दलहरूले मिटरब्याज पीडितको वास्तविक पीडा बुझ्न नसकेको गुनासो गरेका छन् ।

सरकारले केही समयअघि मिटरब्याज नियन्त्रण गर्न ऐन बनाएको थियो । तर पीडितहरूका अनुसार, कानून भए पनि कार्यान्वयन कमजोर, प्रहरी प्रशासन र स्थानीय तहले पीडितको पक्षमा सहयोग नगरेको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*