हेटौँडामा सडक खाना महोत्सव यस वर्षपनि निरन्तर

निरन्तर न्यूज
११ पुष २०८२, शुक्रबार १४:४७

हेटौँडा । “सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजना हुदै आएको सडक खाना महोत्सव यस बर्ष पनि हुने भएको छ । यही पुस १३ गतेदेखि १६ गते सम्म १२ औँ सडक खाना महोत्सव हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

महोत्सवको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिलिस गोविन्द जोशीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका छन् । गत बर्ष झै यस बर्ष पनि महोत्सव हेटौँडा ४ हुप्रचौरको खेलमैदानदेखि पूर्वतर्फको उत्तर–दक्षिण सडक क्षेत्रमा आयोजना गरिने पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवको समुद्घाटन पुस १३ गते अपराह्न ४ बजे संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्ने जनाइएको छ ।
महोत्सवमा पौराणिक संस्कृतिदेखि आधुनिकसम्मका विभिन्न जातीय परिकारहरू एकै स्थानमा पाउन सकिने आयोजकले जनाएको छ । महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् । रैथाने परिकारका १० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ भने अन्य स्टलका लागि चार दिनको १० हजार रुपैयाँ शुल्क तोकिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । महोत्सव सञ्चालनको अनुमानित लागत खर्च करिब १५ लाख ७२ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

महोत्सवबाट ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको नृत्य, गायन र ब्याण्ड प्रस्तुति रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*