सिद्धार्थको स्वर्ण जयन्तीकाे अवसरमा आँखा जाँच शिविर
हेटौँडा । हेटौंडा २ स्थित रहेको सिद्वार्थ माध्यमिक विद्यालयकाे स्वर्ण जयन्तीको अवसरमा आयोजित ॲांखा जाँच सिविरमा ९४८ जना विद्यार्थीको आँखा जाँच गरिएको छ ।
बिहीबार र शुक्रबार दुई दिन सम्म चलेको आँखा जाँच शिविरमा पहिलो दिन ५ सय २१ र दोस्रो दिन शुक्रबार ४ सय २७ जना गरी कुल ९४८ जनाको आँखा जाच गरिएको हो ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताएका छन् । आँखा जाँचका क्रममा ५३ जना विद्यार्थीको आखामा समस्या देखिएकोले अस्पताल रिफर गरिएको विद्यालयका नर्स इन्दिरा अधिकारीले जानकारी दिइन् ।
विद्यालयले यहि माघ २ गतेदेखी ८ गतेसम्म स्वर्ण जयन्ती मनाउँदैछ ।













