हेटौंडामा अब अत्याधुनिक प्रयाेगशालाबाट पानी परिक्षण हुने

निरन्तर न्यूज
२८ पुष २०८२, सोमबार १८:२६

हेटौंडा । संघीय सरकार खानेपानी तथा ढल व्यावस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्मित अत्याधुनिक पानी परिक्षण प्रयोगशालाको आज हेटौंडामा शुभारम्भ गरिएको छ ।

बोर्डको कार्यालय भित्र निर्माण गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उद्घाटन् गरिन् ।

बोर्डका ग्राहकका लागि निशुल्क र अरुका लागि शुल्क लिएर पानी परिक्षण गरिने व्यावस्था गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । कार्यक्रममा बोर्डका सदस्य तथा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष प्रमोदसिंह रानाभाट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ का प्रमुख रविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी,  बाेर्डका कार्यालय प्रमुख बिष्णु प्रसाद सापकाेटा प्रयाेगशाला प्रमुख माधव चाैलागाई. सन्जय न्याैपानेलगायतकाको आतिथ्यता रहेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको यो प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक र विश्वसनीय बनाउन सहयोग पुर्यााउने विश्वास गरिएको छ। प्रयोगशालाको सञ्चालनले केवल मकवानपुर जिल्लामै सीमित नरहेर, छिमेकी जिल्लाका उपभोक्तालाई समेत सहज रूपमा पानी परीक्षण सेवा उपलब्ध गराउनेछ।

४ लाख ५० हजार रुपैयाँको लागतमा ४ महिनाभित्र आवश्यक सबै सामग्री जडान सम्पन्न गरेपश्चात आज शुभारम्भ गर्न सफल भएकाे प्रयाेगशालाका माधव चाैलागाइले जानकारी दिए ।

प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ र सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ वटै भौतिक, रासायनिक र सूक्ष्म जैविक (माइक्राेबायाेलाेजिकल) परीक्षणहरु गरिनेछन्। “यस अघि २०७५ सालदेखि बोर्डले सामान्य उपकरणमार्फत पानी परीक्षण गर्दै आएको थियो। अब भने आधुनिक उपकरणको प्रयोगले परीक्षणको नतिजा अझै विश्वसनीय र मापदण्डअनुसार हुनेछ।” बाेर्डले दैनिक ३ कराेड ६० लाख लिटर पानी उत्पादा एवम् वितरण गर्ने गरेकाे जनाएकाे छ ।

नयाँ प्रयोगशालाबाट विशेषगरी मधेस प्रदेशलगायतका विभिन्न जिल्लाबाट आउने पानीका नमूनाहरूको समेत परीक्षण सम्भव हुने बाेर्डले जनाएकाे छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*