हेटाैँडाका कन्सल्टेन्सीले संघ र प्रदेश गरि ११ संस्थाले अनुमतिपत्र लिए
हेटौंडा । हेटौंडा ५ वटा इन्स्टिच्युट तथा कन्सल्टेन्सीले संचालन अनुमतिपत्र पाएका छन । प्रदेश ३ सामाजिक विकास मन्त्रालयले बिहिबार ५ वटा सस्थालाई शैक्षिक परामर्श, भाषा शिक्षा, पुर्व तयारी कक्षा, ट्युसन लगाएतका कार्य गर्नका लागी स्वीकृतिपत्र दिएको हो यस अघि सामाजिक विकास मन्त्रालयबाट २ वटा कन्सल्टेन्सीले अनुमति लिइसकेका छन् ।
बिहिबार अनुमति लिनेहरुमा हेटौंडाको मनकामना एकेडेमी, सगरमाथा एकेडेमी, नेक्स पोइन्ट कन्सल्टेन्सी, केटीएम कन्सल्टेन्सी र ब्रिज हेटौंडा कन्सल्टेन्सी रहेको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत दिपेन्द्रराज श्रेष्ठले बताउनुभयो । अन्य इन्स्टिच्युट तथा कन्सल्टेन्सीको हाकमा पनि अनुगमन गरिने र सम्पूर्ण मापदण्ड पुरागरेपछी अनुमति दिइने श्रेष्ठले बताउनुभयो ।
हेटौंडामा संचालनमा तहेका इन्स्टिच्युट तथा कन्सल्टेन्सी ३ दर्जन बढी छन् तर अधिकांसले बिना अनुमति संचालन गरिरहेका छन् । शैक्षिक परामर्श, विभिन्न भाषा प्रशिक्षण, पुर्व तयारी कक्षा, ट्युसन लगाएतका कार्यक्रम संचालन गर्दा अनिवार्य रुपमा पहिले शिक्षा मन्त्रालयको स्वीकृति लिएर मात्र संचालन गर्न पाइन्थ्यो भने हाल प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षा शाखामा दर्ता गराई संचालन गर्नुपर्छ । हेटौंडाका ४ वटा कन्सल्टेन्सीले शिक्षा मन्त्रालयको र ७ वटामात्रले प्रदेशबाट अनुमति लिएका छन् ।
शिक्षा मन्त्रालयबाट अनुमति लिएका कन्सल्टेन्सी यी हुन्
१ क्याम्ब्रिज एजुकेशन
२ थर्डआई एजुकेशन
३ नागासाकी एजुकेशन
४ स्मार्ट स्टडी
सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएका सस्था यी हुन्
१ हेन्ड्स फर हेल्प
२ नेपाल स्मार्ट स्टडी
३ मनकामना एकेडेमी
४ सगरमाथा एकेडेमी
५ नेक्स पोइन्ट कन्सल्टेन्सी
६ केटीएम कन्सल्टेन्सी
७ ब्रिज हेटौंडा कन्सल्टेन्सी
हेटौंडाका अवैध इन्स्टिच्युट र कन्सल्टेन्सीका बारे जननिनेपाल ले बिगत १ बर्ष अघिदेखि निरन्तर फलो गर्दै आइरहेको छ । यसबिचमा केहिले अनुमतिपत्र पाइसकेका छन् भने कहिले प्रक्रियामै नगएकाले अनुमति पाएका छैनन् अझै अटेर गरेर बसिरहेका छन् ।
बेलाबेलामा प्रशासनले अनुगमन गरी कारवाही पनि गरिरहेको छ । केहिदिन अघिमात्र केहि इन्स्टिच्युटमा प्रशासनले शिल समेत लगाएको थियो । जे होस् हाम्रो उदेश्य भनेको कुनैपनि सस्था अवैध रुपमा संचालन गर्नु हुदैन, नियम र कानुनको अधिनमा चल्नुपर्छ भन्नेमात्र हो । यहीकारण जननिनेपाल लाई प्रत्यक्ष, अप्रत्यक्ष विभिन्न दवाव नआएका भने होइनन् । आज अनुमतिपत्र पाउने सस्थालाई हार्दिक बधाई र शुभकामना । साथै सरकारको कानुन नै मान्दिन भन्दै अवैधरुपमा सस्था चलाउनेको हकमा भने हामी निरन्तर खबरदारी गरिरहनेछौं ।










