असार १ गते सबै निजी विद्यालयमा बिदा
काठमाडौं । असार १ गते आइतबार काठमाडौं उपत्यकाका सबै निजी विद्यालयमा बिदा दिइने भएको छ ।
कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल, गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष तथा काठमाडौं एनप्याब्सनका सहसचिव बालकुमार गुरुङको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका निजी विद्यालयमा शोक विदा दिइने भएको हो ।
प्याब्सन काठमाडौं र एनप्याब्सन काठमाडौंले संयुक्त विज्ञप्ती निकाली शोक विदा दिएका हुन् । प्याब्सन काठमाडौंका अध्यक्ष हरि कृष्ण श्रेष्ठ र एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु प्रसाद पराजुलीले संयुक्त विज्ञप्ती जारी गरी शोक विदाप्रति साथ दिनका लागि सबै निकायलाई आग्रह गरिएको छ ।










