ट्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

निरन्तर न्यूज
१ असार २०७६, आईतवार १५:२०

डडेल्धुरा । ट्याक्टर दुर्घटना हुँदा डडेल्धुरामा एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको समैजी आधारभूत विद्यालय, आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

स्थानीय गोदाम बजारबाट बालुवा लिएर कुर्जेनी गाउँ जाँदै गरेको से २ त २८५० नम्बरको ट्याक्टर आलिताल गाउँपालिकाको कुर्जेनियामा गएराति दुर्घटना हुँदा कलौनीको मृत्यु भएको आलिताल प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक बीरबहादुर धामीले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी आलिताल घर भएका पदम राना सामान्य घाइते छन् । ट्याक्टर चालक धनजीत धामी भने फरार रहेको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*