मोहन वैद्य नेतृत्वको माओवादीका नेताहरु पक्राउ

निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १३:५८

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेताहरुलाई पक्राउ गरेको छ । उक्त पार्टीका केन्द्रीय सदस्यसहित १७ जनालाई सोमबार किर्तीपुरस्थिति त्रिवि सेवा आइोगको गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित १७ जना नेता कार्यकर्ता रहेका छन् । क्रान्तिकारी माओवादी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्की, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाल लगायतलाई पनि नेता श्रेष्ठसँगै प्रहरीले पक्राउ गरेको छ ।

ती नेताहरु विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसेका थिए । प्रहरीले धर्नामा बसेका नेता कार्यकर्तालाई एक्कासि नियन्त्रणमा लिएको उक्त संगठनले जनाएको छ । नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

नियन्त्रणमा लिनेक्रममा प्रहरीले हातपात गर्दा नेता श्रेष्ठसहित ३ जना घाइते भएको संगठनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*