सरकारबाट तलबभत्ता खानेले आफ्ना छोराछोरीलाई सरकारी स्कूलमा पढाउनुपर्ने

निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १४:१८

काठमाडौं । सरकारले सार्वजनिक कोषबाट तलबभत्ता खाने राष्ट्रसेवकले आफ्ना छोराछोरीलाई सरकारी स्कूलमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ ।

शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको शिक्षा मन्त्रालयले जनाएको छ । उच्चस्तरीय शिक्षा आयोगले पनि राष्ट्रसेवक कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

सरकारले ल्याएको विधेयक पारित भए झण्डै २८ हजार सामुदायिक विद्यालयको शिक्षा सुधार हुने मन्त्रालयको दावी छ । सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या अहिले करिब ५ लाखको हाराहारीमा छ ।

लामो समयदेखि सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि यस्ता प्रयासहरु भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । राष्ट्र सेवकका सन्तान नै निजी विद्यालयमा पढेपछि सामुदायिक विद्यालय बेवास्तामा पर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*