कर्णाली जीप दुर्घटना १० को पहिचान खुल्यो नामावली सहित (अपडेट)

निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १६:४५

हुम्ला । कर्णाली नदीमा जीप खस्दा जीपमा सवार सबै यात्री बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ-५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको जीप कर्णालीमा खसेको हो ।

मंगलबार दिउसो करिव १ बजेको समयमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हो । गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट जीप नदीमा खसेको प्रहरीले पुष्टी गरेको छ । जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही त्यसैगरी जीप चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैंनसिंह भण्डारी, गोकुल सुनार, बसन्ती शाही, नन्दादेवी सिंह, कौर कामी र उनका २ वर्षीय बालक र काठमाडौंबाट वेल्डिंग काम गर्न आएका एक व्यक्ति समेत बेपत्ता बनेको स्थानीय पत्रकार राजन रावतले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धार कार्यमा जुटेका छन । जीप नदिमा खसेको केही समयपछि नै कर्णाली नदीले पुरै छोपेको कारण जीप कुन ठाउँमा छ भन्ने थाहा नभएको र उद्दारमा समस्या भएको पत्रकार रावतले बताए । ननस्टप खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*