मिडिया विधेयक फिर्ता गर्नुपर्ने भन्दै पत्रकारको हस्ताक्षर संकलन

निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १७:१०

हेटौँडा । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने भन्दै मकवानपुरका पत्रकारहरुले हेटौंडामा हस्ताक्षर संकलन गरेका छन् ।

नेपाल पत्रकार महासंघले तय गरेको तेस्रो चरणको आन्दोलन अन्र्तगत पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा मंगलबार बिहान महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले हस्ताक्षर संकलन कार्यक्रमको सुरुवात गरेको हुन ।

मिडिया काउन्सिल फिर्ता गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन गरिएको महासंघ मकवानपुरले जनाएको छ ।

हस्ताक्षर संकलन कार्यक्रममा जिल्ला स्थित संचारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

मंगलबार संकलन गरिएको हस्ताक्षर असार ६ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको जिल्ला सचिव गणेश दर्पण अधिकारीले बताए ।

चरणबद्ध आन्दोलन अन्तर्गत अन्र्तगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा, असार २५ गते लालटिन जुलुस र असार ३० गते देशव्यापी सिठ्ठी जुलुस र सभा गर्ने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*