पत्रकार महासंघका निवर्तमान सचिवलाई पितृशोक

निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १७:४३

काठमाडौं । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सचिव प्रभात चलाउनेलाई पितृशोक परेको छ ।

नेपाल क्रान्तिकारी पत्रकार संगठनका संस्थापक अध्यक्ष तथा ननस्टपखबर डट कमका प्रधान सम्पादक समेत रहेका चलाउनेका पिता मर्दवीर चलाउनेको सोमबार ७० वर्षको उमेरमा नायकवाडा घरमै निधन भएको  परिवारले जनाएको छ ।

जाजरकोट बारेकोट गाउँपालिका वार्ड नम्बर ६ नायकवाडा घर भएका पिता मर्दबीरलाई फोक्सोको समस्या रहेकोमा दुई महिना अघि  मात्र काठमाण्डौंमा उपचार गरि घर फर्केका थिए । मर्दबीरका उनका श्रीमती, ३ छोरा, ३ छोरी छन् ।

जेठो छोरा प्रभात एक कार्यक्रमको शिलशिलामा केहि दिनदेखि जापानमा रहेका छन ।

यसै बीच नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्ती जारी गर्दै मृतक चलाउने प्रति श्रदाञ्जली व्यक्त गर्दे शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यस दुखको यस घडिमा निरन्तर न्यूज परिवार बुबाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै प्रधान सम्पादक चलाउने लगायत शोक सन्तप्त परिवारमा  समवेदना व्यक्त गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*