वन अत्तिक्रमणलाई नियन्त्रण गरि संरक्षणमा जोड

जयमान बुढा मगर
२२ असार २०७६, आईतवार १२:०१

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिकामा आज वन अत्तिक्रमण तथा त्यसको नियन्त्रण सम्बन्धी गोष्ठी समापन गरिएको छ । डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजना रहेको उक्त गोष्ठी भूमे गाउँपालिकाको सभाहलमा ५० जना स्थानीयको उपस्थिति रहेको थियो । सामुदायिक वनलाई संरक्षण र प्रवर्धन गरी दिगो रुपमा समुदायका मान्छेलाई फाइदा पुर्याउने सम्बन्धी सहभागीसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

वनलाई उपयोग कसरी गर्ने र कानून विपरित अत्तिक्रमण गर्ने व्यक्तिलाई कानूनी बमोजिम नियन्त्रणमा ल्याउने खालका विषयकमा र सहभागीबाट उठेका जिज्ञासालाई समाधान वन डिभिजन कार्यालय रुकुमपूर्वका अधिकृत बोसिन्द्रराज सुबेदीले गरेका थिए ।

गोष्ठी कार्यक्रममा भूमेका वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सहभागीबाट वन सम्बन्धी कानूनी प्रक्रिया तथा वन डिभिजनसँग समन्वयकारी कसरी गर्ने खालका कुरामा अन्योल्टा रहेको कारणले वनमा सन्तोषजनक काम गर्न नसकिएको गुनासो पोखेका थिए । उक्त सहभागीबाट उठेका जिज्ञासालाई सम्बोधन गर्दै भने, अधिकृत सुबेदीले, कार्ययोजना एकातिर र काम अर्काेतिर भइराखेको बताए ।

वन उपभोक्ता समितिसँग समयसमयमा छलफल नगरिएको कारणले उक्त समस्या आइराखेको स्वीकार गर्दै भने, ‘आगामी दिनमा छलफल र समन्वयकारी कार्यबाट अघि बढी जिल्लालाई नमूना वनको रुपमा स्थापित गर्ने छाँै ।’ ‘अहिले विकास निर्माण तिव्रगतिमा भइरहदा वन ह्रस भइराखेका छन्’ उनले भने, ‘विकास त भयो तर संमवेदनशिल हुने स्थलमा समेत ध्यान नदिको कारणले जलवायु परिवर्तनको असर परिराखेको छ ।’ त्यस्ता खालका अत्तिक्रमणलाई रोक्नुको लागि सामुदायिक वन उपभोक्ता समिति नीति नियम अनुरुप विशेष ध्यान दिनुपर्ने सुबेदीले वन समितिलाई अपिल गरे ।

वन उपभोक्ता समितिले काम गरिराखेका छन् तर प्रतिफल आउने गरी काम गर्न सकिराखेका छैनन् भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘कर्मचारीको अभावको कारणले पालिकामा शाखा स्थापना गर्न सकिएको छैइन् तर शाखागत बजेट वियोजन गरेर काम गरिराखेका छाँै’ अध्यक्ष बुढाले भने, ‘यो वर्ष भूमेमा वृक्षारोपण वर्षकै रुपमा काम अगाडि बढाउदै गरेको जानकारी गराउदै १० लाख रकम वियोजन गरेका छौँ ।’ जसमध्यमा ५ लाख रकमको कृषि शाखाबाट फ्रुट करिडोरको लागि मध्यपहाडी लोकमार्गमा फलफूल मार्ग र ५ लाख रकमले नाङ्गो पाखामा ग्रिन करिडोरको लागि उक्त रकम वियोजित गरेर वृक्षारोपणको कार्य अगाडि बढाइने बुढाले भनाइ राखे । उक्त वृक्षारोपणको लागि विरुवा खरिद कार्य गरिराखेकोले साउन पहिलो सातामा उक्त विरुवा रोपिसक्ने पालिकाले जनाएको छ । गत सालबाट नै नाङ्गो पाखामा वृक्षारोपण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*