हेटाैँडाकाे एक उद्योगमा कार्यरत युवाको करेन्ट लागेर मृत्यु

हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा कार्यरत युवाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ ।
औद्योगिक क्षेत्रस्थित इनभरो प्लाष्टिक नेपाल प्रालिमा कार्यरत चितवन कालिका नगरपालिका जुटपानी बस्ने ३६ वर्षीय पञ्च कुमालको मुत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
उद्योगमा काम गर्ने शिलशिलामा कुमाललाई करेन्ट लागेको थियो । करेन्ट लाग्ने बित्तिकै कुमाललाई हेटौंडा अस्पताल उपचारको लागि ल्याइएको थियो ।
बिहान १० बजेर ३० मिटेनमा अस्पतालका डाक्टरले कुमाललाई मृत घोषणा गरेको मकवानपुर प्रहरीले जानकारी दिए । मृतक कुमालको परिवारलाई खबर भइसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।