ट्राफिक व्यवस्थापन नयाँ योजना सहित हुन्छ: जिल्ला ट्राफिक प्रमुख ढकाल
हेटौंडा। पहिलो पटक ट्राफिक प्रमुखको जिम्मेवारी सहित भर्खरै मात्र सरुवा भइ जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुर आइपुग्नु भएका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालले मकवानपुरमा रहेको ट्राफिक समस्यालाई नयाँ योजना सहित तिबै रुपमा सुधार हुने बताएका छन् ।
भर्खरै मकवानपुर जिल्लाको ट्राफिक प्रमुखमा आएपछि ढकालले जिल्लाका वस्तुस्थिति बुझेको र सो मध्ये मुख्यतः उपमहानगरको मुख्य चोकहरु पार्किङको समस्या, साना सावारी साधनको चापदेखि नगरका प्रमुख स्थान र राजमार्गहरुमा हुन सक्ने दुर्घटनाको पूर्वसावधानीको सम्वन्धमा व्यवस्थापन गर्न आफु लागि पर्ने बताउनु भएको छ ।
सोमबार आफ्नो कार्यकक्षमा जिल्लाका पत्रकारहरु सँग गरिएको भेटघाटको क्रममा ट्राफिक प्रमुख ढकालले आफ्नो कार्यकालमा बिना इजाजत र पास विना चल्ने सरकारी सवारी साधन देखि सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने सवारीलाई नियन्त्रण लिएर कानून बमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पत्रकार समुदाय प्रहरी सबैले प्रहरीलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई बदलेर सकारात्मक सोचको माहोल बनाउने गरि आफुले कार्य गर्ने ढकालले बताउनुभयो । यससँगै दुर्घटना न्यूनिकरण गर्नको लागि ढकालले चालकसँग २ मिनेटको अभियानलाइ निरन्तरता दिई मापसे चेकिङमा कडाइ गरिने बताउनुभयो ।










