देशभर वर्षा शुरु, ३ दिन मौसम कस्तो रहन्छ ?

निरन्तर न्यूज
२५ असार २०७६, बुधबार ०९:२८

काठमाण्डाैँ। आज विहानैदेखि देशभर निरन्तर वर्षा भइरहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

३ दिनको मौसम पूर्वानुमान यस्तो छ ।

असार २५ गते 
विहानदेखि देशका विभिन्न भागमा वर्षा भएको छ ।
दिउँसो देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू(भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

असार २६ गते 
दिउँसो देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू(भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

असार २७ गते

दिउँसो देशका अधिकांश भू(भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती देशका अधिकांश भू(भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु