मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो, पहिरोमा परि पाख्रीन बेपत्ता

निरन्तर न्यूज
२७ असार २०७६, शुक्रबार १७:१६

हेटौंडा । मकवानपुरको थाहा नगरमा खोलाले बगाउँदा घाईते भएकी १२ वर्षीय बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

थाहानगरपालिका वडा नंबर ३ दम्किबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरि अस्पताल पुर्याएकी उनको अस्पतालमा ज्यान गएको रेडियो पालुङका पत्रकार ध्रुबराज ढकालले बताए ।

विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामाीलाई दम्किबाट बगाएको थियो ।

त्यस्तै कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी तारामाया पाख्रीन बेपत्ता भएको वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु