पहिरोको जोखिममा परेका १८ घरधुरीलाई सुरिक्षत स्थानमा सारियो

निरन्तर न्यूज
२८ असार २०७६, शनिबार २१:०८

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ को माथील्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका १८ घरधुरीका ९२ जनालाई उद्धार गरिएको छ । घरमाथी र घरमुनीबाट पहिरो गएपछि बिचमा परेका घरधुरीका ९२ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले लगातार ८ घण्टाको प्रयास पछी सुरक्षित स्थानमा सारेको छ ।

सेना र प्रहरीले सुरक्षित स्थानमा सार्नका लागि आग्रह गर्दा केही बृद्धबृद्धा सर्न नमानेपनि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको ससस्त्र प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक अमर खत्रीले बताउनुभयो ।

पहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारेर राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । पहिरोबाट सारिएका केही ब्यक्ति आफन्तजन हुनेहरु भिमफेदीमा बसेका छन् । अन्यलाई नेपाल रेडक्रस सोसाईटि भिमफेदीको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । तश्विर गुगल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*