वर्षा रोकिएपछि जनजीवन सामान्य बन्दै
हेटौँडा । तीनदिन देखि लगातार परेको पानीको कारण हेटौंडा र आसपासका क्षेत्रमा आएको बाढीले घर डुबान पहिरो सडक अवरुद्ध लगायतका समस्या आएको भएपनि गएरातिबाट पानी रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ ।
लगातारको वर्षाको कारणले हेटौंडाका शान्तिनगर गर्दोही क्याम्पाडाँडाँ लगायतका क्षेत्र डुवानमा परेको थियो । डुवानमा परेका जनतालाई सुरक्षाकर्मी, स्थानीयहरुको पहलमा सुरक्षित स्थानमा समेत सारिएको थियो । घरका सामान समेत सारिएको शान्तीनगरका श्रीकृष्ण पुडासैनीले जानकारी दिए । आज रातीबाट वर्षा रोकिएपछि डुबानमा परेको क्षेत्रमा पानी घटेको छ ।
कर्रा खोलाको बहाब पनि घटेको छ । आज विहान मुख्यमन्त्री डोरमणी पौडेल तथा हेटौंडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनीयाले स्थलगन निरीक्षणा गरेका थिए ।
गर्दोहीमा पुरिएको खानेपानीको पम्प सुचारु भएको छ ।
त्यस्तै राप्ती खोलाको पानीको बहाब पनि घटेको छ । राप्ती पुल छेउको पीच भने भास्सिएको छ ।
हेटौंडाबाट काठमाण्डौँ जाने बाटो त्रिभुवनराजपथ बाहेक सुचारु हुन नसकेको मकवानपुर प्रहरीले जनाएको छ ।
पूर्वी मकवानपुरको केही सडक समेत बाढी र पहिरोको कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।













