मकवानपुरको कुलेखानिको ड्याम भरिनै लाग्दा खतराको संकेत, ड्यामका ढोका खोलीदै
हेटौंडा । मकवानपुरको कुलेखानी जलविद्यूत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरीएर खतराको संकेत देखिएपछी पानीको निकास गरि सुरक्षित गर्न लागिएको छ । दिनहुँजसो परेको पानीले कुलेखानीको क्षमता भन्दा माथि पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठक बसी इन्द्रसरोवरको ड्याम केही खोलेर पानीको निकास गरिने भएको हो ।
कुलेखानीमा क्षमता भन्दा बढि पानी भरीएमा त्यहाँबाट निस्कने ओभरफ्लो हुने पानीले मकवानपुर बाहेकका जिल्लाका खोला आसपासका बाढीको खतरा हुने भएकाले सतर्क रहन समेत मकवापनुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गर्नुभएको छ ।
कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेको छ । आज बिहान ६ बजे सम्मको मापनामा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानीले ड्याम भरिसकेको तथा प्रतिघण्टा २ मिटरका दरले पानी पनि बढिरहेको कारणले गर्दा इन्द्रसरोवरको ड्याममा खतराको संकेत देखिएकाले पानी बाहिर निकाल्नुपरेको प्रमुख जिल्ला अधिकारी तामाङले बतााउनुभयो ।
आज बिहान ८ बजेबाट कुलेखानी ड्याम भित्रको ढोका खोलेर पानी बाहिर छोडिने भएको हो । तर, पानी प्राबिधिकको नियन्त्रणमा बाहिर निकाल्न लागिएको हो । पछी कुलेखानी भरीएपछी झनै खतरा हुने भएकाले अहिलेनै पानी बाहिर निकाल्न लागिएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो ।
कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिका तथा सर्लाही, रौतहट, सिन्धुली जिल्लाका नागरिकलाई समेत सचेत रहन आग्रह गरिएको छ । बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले बेलैमा सचेत रहन आग्रह गरिएको प्रजिअ तामाङले बताउनुभयो ।
१ सय १४ मिटर उचाइमा ड्याम रहेको छ । ३ सय मिटर चौडाइको ड्यामहो । ७ किलोमिटर लामो जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । ३७ वर्षअघि ड्याम निर्माण गरिएको हो । जलाशयको कुलेखानी प्रथमवाट ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत् उत्पादन हुँदै आएको छ । यही जलाशयको पानीबाट निर्माणाधीन कुलेखानी तेस्रोबाट १४ मेगावाट उत्पादन हुन्छ ।










