मकवानपुरकाे मार्खुमा पहिरोले २ जना पुरिए
हेटौँडा । आज उत्तरी मकवानपुरको मार्खुमा पहिरोमा परि २ जना पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परि पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । पहिरोमा परी ३८ बर्षीया बुहारी बेली बलामी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले बताए ।
घरमाथि पहिरो आउदा घरमा रहेका उनीहरुलाई पुरेको जनाईएको छ ।
पहिरोमा पुरिएकाहरुको उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
तश्विर गुगल










