मार्खुमा पहिरोमा पुरिएका २ जनाकाे शव भेटियाे : प्रहरी

हेटौँडा । आज उत्तरी मकवानपुरको मार्खुमा पहिरोमा परि पुरिएका २ जनाकाे शव भेटिएकाे प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले बताए ।
त्यस्तै पहिराेमा परि घाइते भएकी ३८ बर्षीया बेली बलामीलाइ उपचारकाे लागि लगिएकाे समेत प्रहरी निरीक्षक झाले बताए ।
घटनास्थलमा प्रहरीकाे टाेली गएर खाेजतलास गरेपछि शव फेला परेकाे झाले जानकारी दिनुभयाे ।