खोलाको बहाब बढेपछी घर्तिखोलाको सडक बगायो

निरन्तर न्यूज
३० असार २०७६, सोमबार १३:३४

हेटौंडा । हिजो राती परेको पानीले खोलाको बहाव बढेपछी थाहा नगरपालिका वडा नं ३ घर्तिखोला स्थित भुङ्दालको सडक बगाएको छ ।

रातीको समयमा पानीको बहाव उच्च भएपछी खोला छेउछाउका बस्ती त्रसित भएको स्थानियले बताए । थाहा नगरपालिका शिखरकोटबाट आग्रा डाँडाबास जोडिएको उक्त सडक बगाए पछि उक्त क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । वर्षाद संगै खोलामा पानीको बहाव बढेपछि खोला हुँदै वारपार गर्नुपर्ने सवारीहरु चल्न सकेको थिएन ।

शनिबार इन्द्रायणी चौर हुँदै पालुङ जोडिएको सडकमा संखमुल स्थित सडक र ह्युम पाइप सबै बगाए पछि बैकल्पिक बाटोको रुपमा रहेको पालुङ फाँटबजार जाने बाटो बन्द भएको थियो । हिजो रातीको पानीले पालुङ र डाँडागाउँ जाने सडकको पुलको छेउमा पहिरो गएपछि झन समस्या थपिएको छ ।

खैटेखोलामा रहेको उक्त पुलमा पानीको बहाव संगै माथिबाट आएको पानीका कारण पुलको छेउमा लगाइएको पर्खाल भत्किएको हो । जसले गर्दा ठुला सवारी आवागमनमा समस्या थपिएको सञ्चारकर्मी मन्जरी बलामिले जानकारी दिनुभयो ।

त्यस्तै थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतका क्षेत्रमा केही दिन देखि विद्युत अवरुद्ध भएकोले मोबाइल चार्ज गर्न समेत समस्या भएको स्थानीयले जानकारी गरएका छन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु