कुलेखानीकाे बाँध खोलेर पानी निकाल्ने तयारी हाललाई स्थगित
निरन्तर न्यूज
३० असार २०७६, सोमबार १६:५२

हेटाैँडा । कुलेखानी जलविद्युत आयोजनाको ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकाल्ने तयारी हाललाई स्थगित भएको छ । अहिले पानी बढ्ने दर घटेकाले टर्वाइनबाटै नियन्त्रित निकास भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको थियो ।