मापदण्ड विपरितका क्रसर उद्योग र बालुवा प्लान्ट बन्द

निरन्तर न्यूज
१ श्रावण २०७६, बुधबार ०७:४९

हेटाैँडा । मकवानपुरमा संचालन गरिएको  क्रसर उद्योग र बालुवा प्लान्ट मापदण्ड विपरित वर्षायाममा पनि मकवानपुरका क्रसर उद्योग र बालुवा प्लान्ट संचालन गरिएको भन्दै अनिश्चित कालका लागि बन्द गरिने भएको छ ।

ढुंगा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समितिको निर्णयअनुसार  भोली साउन १ देखि अनिश्चित कालका लागि बन्द गरिने भएको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवापुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले क्रसर उद्योग र बालुवा प्लान्ट अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको समितिले जनाएकाे छ ।

संघीय सरकार र प्रदेश सरकारको आवश्यक निर्देशन तथा ऐन कानून पूर्ण व्यवस्थित भएपछि प्रचलित कानूनको अधिनमा रहेर मात्र संचालन गर्न सकिने जिल्ला समन्वय समितिका प्रमुख खुलालले जानकारी दिए ।

मकवानपुरमा पर्ने चुरे क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (आइइ) स्वीकृत भएपनि अर्को निर्णय नभएसम्म उत्खनन् रोक्ने र ठेक्का सम्झौतासमेत नगर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*